बकैयाको उपाध्यक्ष अधिकारीको उम्मेदवारी बदर

शुक्रबार, वैशाख १६, २०७९
हेटौंडा, १५ वैशाख : नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छाया अधिकारीको उम्मेदवारी मनोनयन बदर भएको छ । 

अधिकारी विरुद्ध हाल राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै मनोनयन बदर हुनुपर्ने मागसहित उजुरी परेको थियो । उजुरी परेपछि अधिकारीले लिखित जवाफ पेस नगरेको र उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनको मौखिक बयानमा उनी हाल जागिरमै रहेको भनिएकाले उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए । 

गणक पद पारिश्रमिक पाउने पद रहेको र आफ्नो उम्मेदवारी बदर भएमा सहमत रहेको ब्यहोरा जानकारी गराएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शुक्रबार, वैशाख १६, २०७९