सोसल मिडिया
Contact Us
युनिकोड
तर उम्मेद्वारी फिर्ता लिने समयमा उनीहरु दुवैजना चुनावी रेसबाट बाहिरिए । अहिले पनि लोमान्थाङमा दलित महिला सदस्यको कोटा शून्य भएको छ । नेपाली कांग्रेसबाट भिपिक विश्वकर्मा र एमालेबाट धावा पामो ल्होवाले उम्मेदवारी दर्ता गराएका थिए । तर दुवै जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।
उनीहरुले आफ्नो ब्यक्तिगत कारण देखाएर फिर्ता लिएका हुन् । उनीहरुले ब्यक्तिगत कारणले उम्मेदवारी फिर्ता लिएका हुन् ।
लोमान्थाङका ४ वडामा दलित महिला सदस्य छैनन् । एउटा वडामा एकजनाको मात्रै उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर २ मा टसी ल्हामो सुन्चुरीले मात्रै उम्मेद्वारी दर्ता गरेका कारण उनी सर्वसम्मत निर्वाचित भएकी हुन् ।