सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, १८ वैशाख । नेपाली कांग्रेस ललितपुर महानगर मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले महानगरवासीको जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्ने संकल्प गरेका छन् । निर्वाचन चिह्न पाएको भोलिपल्ट नेपाली कांग्रेस महानगर समितिद्धारा आयोजित संकल्प घोषणा कार्यक्रममा उनले सुरक्षित र बलियो सडक, सडकमा पदैलमार्गको व्यवस्था, स्वास्थ्य, शिक्षा, पार्किङको व्यवस्था, ट्राफिक व्यवस्थापनका लागि ठूला बस ल्याउने बताए । उनले भने, ‘हामी ललितपुरलाई बस्नयोग्य सांस्कृतिक सहर बनाउन चाहन्छौं ।’ काँग्रेस उम्मेदवार महर्जनले सम्पदा÷संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकता दिने बताए । उनले महानगरपालिकामा दोस्रो कालका लागि आफू निर्वाचित भए स्वास्थ्य विमालाई अभियानका रुपमा अघि बढाउने संकल्प पनि गरेका छन् । प्र्रत्येक वडामा चिकित्सकसहितको सामुदायिक वडा स्वास्थ्य क्लिनिक सञ्चालन गरी रक्तचाप, मधुमेह, एलएफटी, आएफटी परीक्षणको व्यवस्था मिलाउने चिरीबाबुको संकल्पमा समेटिएको छ । ६० वर्ष माथिका एकल महिला र पुरुष, दलित, जनजाति, सिमान्तकृतलाई रक्तचाप, मधुमेहको निःशुल्क औषधिको व्यवस्था मिलाउने उनको संकल्प छ । प्रविधिसहितको संस्कारयुक्त शिक्षालाई अघि बढाउने संकल्प पनि गरेका छन् ।
‘बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं, सिकाऔं र प्रतिस्पर्धा गर्न सक्ने बनाऔं’ भन्ने नारालाई सफल बनाउन अधिकारमुखी, प्रविधिमैत्री र जीवनउपयोगी शिक्षालाई अनिवार्य एवं निःशुल्क बनाउने उनको संकल्पमा समेटिएको छ । पालिकाभित्रका महत्वपूर्ण सम्पदा, संस्कृति, स्थान र व्यक्तिको परिचयलाई पाठ्यक्रममा समावेश गर्ने, पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई प्रोत्साहित गर्न विद्यार्थीले एसईई परीक्षामा प्राप्त गरेको अंक वा ग्रेडको आधारमा शिक्षकलाई पुरस्कृत गर्ने, समय सापेक्ष तालिम, प्रसिद्ध विद्यालय÷विश्वविद्यालयमा अनुभव र शिक्षण सीप आदानप्रदान गर्न भ्रमणको व्यवस्था मिलाउने, सिपालु, संस्कारयुक्त र सक्षम युवा जनशक्ति उत्पादनका लागि सामुदायिक र संस्थागत विद्यालयबीच एकरुपता कायम गर्ने विषय पनि संकल्पमा समेटिएको छ । औपचारिक शिक्षाबाट बंचित भएकाहरुलाई अनौपचारिक सिकाइ केन्द्र मार्फत सीप र शिक्षाको व्यवस्था गर्ने तथा एकल महिलाका सन्तानका लागि पालिकाभित्रका विद्यालयसँग समन्वय गरी निशुल्क शिक्षाको व्यवस्था मिलाउने, पालिकाभित्रका विद्यालयहरूमा नैतिक शिक्षा र प्राविधिक विषयलाई अनिवार्य बनाउनेछौँ । पालिकाभित्र प्राविधिक विद्यालय र कलेजको स्थापना गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयसँग समन्वय गरी पालिकाभित्र स्थायी बसोबास गर्ने विद्यार्थीलाई विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउने पनि चिरीबाबुको संकल्पमा छ ।
संकल्पको पूर्ण पाठ
शुसासन, दिगो विकास र सामाजिक रुपान्तरणका लागि नेपाली कांग्रेसलाई मतदान ! !
आदरणीय दिदीबहिनी—दाजुभाइहरु जय नेपाल । नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि देखाएको प्रतिबद्धतालाई परिणाममुखी बनाउन र संविधानसभाबाट २०७२ सालमा जारी गरिएको नेपालको संविधानको अक्षरस पालना गर्दै संविधानको मर्म र भावना अनुरुप राष्ट्रको समुन्नत विकास तथा नागरिकको सम्मानित जीवनका लागि कार्य गर्न स्थानीय तह निवार्चन २०७९ मा नेपाली कांग्रेस ललितपुर ललिपुर महानगरपालिकाको सवालमा आफ्ना निश्चित संकल्प, नीतिगत अवधारणा र कार्ययोजना सहित जनताको घरदैलोमा आएको छ । नेपाली कांग्रेसका दिवंगत प्रेरणादायी नेतृत्व तथा जीवन उत्सर्ग गर्ने महान सहिदहरुलाई स्मरण गर्दै ‘सांस्कृतिक सहर ः ललितपुर महानगर’ नाराका साथ रुख चिन्हमा मतदान गरिदिनु हुन अपिल गर्दछौं । जनतालाई ऋण बोकाउने विकास र समृद्धि नेपाली कांग्रेसको लागि विकास र समृद्धि दुबै होइनन् । वास्तवमा भन्ने हो भने एमालेको अतिवादी विचार, सपनाको व्यापार र ‘उत्ताउलो’ विकासको अवधारणा नेपालको माटो सुहाउँदो र नेपालीको मन जित्ने खालको छैन । तिर्र्खाएका जनतासम्म पानी पु¥याउन हम्मे हम्मे परिरहेको बेला, पानी जहाजको सपना देखाउनु, कोरोना महामारीमा जनताको अभिभावक बनेर प्रस्तुत हुनुको सट्टा भ्रष्टाचार र कमिसनमा निर्लिप्त हुनु, एकता र सद्भावको अनुपम नमूना, सांस्कृतिक पहिचान बोकेको गुठीको सम्मान र अस्तित्वमा आँच पुग्ने गरी गुठी विधेयक ल्याएर सांस्कृतिक एकता भड्काउन खोज्नु एमालेको दुस्साहपूर्ण कदम थियो । संघीय गणतन्त्र नेपालको स्थापनापछि २०७४ सालमा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनमा ललितपुर महानगरपालिकामा मेयर, उपमेयर लगायत जनप्रतिनिधिहरुलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा पुनः कृतज्ञता व्यक्त गर्दै हाम्रा बाँकी कार्ययोजनाहरुलाई पूर्णता दिन हामीलाई आफ्नो अमुल्य मत दिई सहयोग गर्नु हुन सम्पूर्ण मतदातालाई पुन ः अनुरोध गर्दछौं ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइ, जय नेपाल ।
यी क्षेत्रमा हाम्रो ध्यान रुख चिन्हमा गर्नुहोस् मतदान
सडक तथा ढल महानगरपालिकाद्धारा निर्मित सडकको गुणस्तरीयता कायम गर्न हालको सडक निर्माण प्रक्रियालाई निरन्तरता दिदैं महानगरको २९ वटै वडाहरुमा अरु थप भित्री (सहरी) सडकहरुमा डेढ इन्च मोटो कालोपत्रे गर्नेछौं । हाल स्थानीय तहको अधिकार क्षेत्रभित्र नरहेको ८ मिटरभन्दा ठूला सडकलाई स्थानीय तहको अधिकार क्षेत्रभित्र ल्याउन प्रयास गर्नेछौं । सडक र ढल निर्माणको कार्यलाई सँगसँगै अघि बढाउनेछौँ । पैदलयात्रीको सुरक्षालाई ध्यानदिदैं सडक निर्माण गर्दा अनिवार्य पैदल मार्गको व्यवस्था गर्नेछौं । निर्माण भइरहेको शंखमूलदेखि लगनखेलसम्मको २.८ किमि ढल (Trunkline Project) निर्माण सम्पन्न गरी अन्यत्र पनि ढल व्यवस्थित गर्न आवश्यकता अनुसार थप योजना तय गर्नेछौं ।
भवन तथा सहरी विकास घर निर्माण गर्दा आकाशे पानी संकलनको व्यवस्था गर्ने गरी तयार पारिएको नक्सा पास दस्तुरमा छुट दिने व्यवस्था मिलाउनेछौँ । नियमअनुसार विरुवा रोपिएको निश्चित भएपछि मात्रै घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनेछौं । पाटन दरबार क्षेत्रस्थित मंगलबजारमा रहेको पुरानो अदालत भवनलाई कलात्मक र पुरानैशैली यथावत राखी निर्माण गर्नेछौं । सभा सम्मेलन आयोजना गर्नका लागि सभाहल निर्माणको प्रक्रिया अघि बढाउनेछौँ । साँघुरो बाटो भएको ठाउँमा सडक विस्तार गर्नुपर्ने भएमा मुआब्जा दिएर मात्रै विस्तारको प्रक्रिया अघि बढाउनेछौँ । घरमै बसेर घरको नक्सापास गर्ने व्यवस्था मिलाउन भ्द्यएक् लागू गर्नेछौं । सहरी विकास गुरुयोजना कार्यान्वयन गर्न व्यवस्थित कार्ययोजना बनाएर काम थाल्नेछौं । भर्टिकल पार्किङसहित आधुनिक पार्किङको व्यवस्था गर्न काम थाल्नेछौं ।
खानेपानी र सिँचाइ
पिउने पानीको थप व्यवस्थाको लागि मकवानपुरको सिस्नेरी खोलाको पानी महानगर ल्याउन भइरहेको अध्ययनलाई तीब्रता दिदैँ जतिसक्दो छिटो पानी ल्याउने व्यवस्था गर्नेछौं । कृषि योग्य जमिन भएका वडाहरुमा राजकुलो र पानीका स्रोतहरुबाट पानी लिफ्टिङ गरेर सिँचाइको व्यवस्था गर्नेछौं ।
सम्पदा-संस्कृति संरक्षण
खोकना, हरिसिद्धि, सुनाकोठी, बुङमती, धापाखेल लगायतका वडाहरुलाई सांस्कृतिक वडा बनाउन विशेष कार्यक्रम सुरु गर्नेछौं । मूर्तसम्पदा (मठमन्दिर,पाटी, फल्चा)को निर्माण र पुनर्निर्माणलाई आवश्यकता अनुसार अघि बढाउनेछौँ ललितपुरमा मनाइने महत्वपूर्ण जात्राहरु मध्ये पायोः जात्रा (खड्ग जात्रा), हरिसिद्धि नाच, रुद्रायणी नाच, कात्तिक नाचको अक्षयकोष स्थापनाका लागि महानगरले गरेको सहयोगलाई निरन्तरता दिदैं महानगरभित्र मनाइने अन्य जात्रा र नाचको संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सहयोग गर्नेछौं । सम्पदा संरक्षण र सार्वजनिक सम्पत्ति संरक्षणका लागि विद्यालय र समुदाय स्तरमा चेतनामूलक कार्यक्रम संचालन गर्नेछौं । मूर्त र अमूर्त सम्पदा मध्येको एक लाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न अघि बढेको प्रक्रियालाई निरन्तरता दिनेछौं । वडा नंं. १९ स्थित इटीटोलमा कामारु कामाक्षबाट श्री रातो मछिन्द्रनाथ (श्री करुणामय पद्मपाणी) ललितपुर ल्याउन सहभागी हुनुभएका काठमाडौंका राजा नरेन्द्रदेव,भक्तपुुरका तान्त्रिक देव बन्धु आचार्य र मछिन्द्रनाथ बोकेर ल्याउने ललित ज्यापूको शालिक स्थापना गर्नेछौं । जात्रा र पर्वहरुको महत्व, विशेषता उल्लेख गरेर विषय विज्ञसँग समन्वय र सहकार्य गरी लिखित दस्तावेज प्रकाशित गर्नेछौं । जात्रा, पर्व संचालनको विध्यमान दरबन्दीलाई उल्लेख्य वृद्धि गर्नेछौं । ९० सालको भूकम्पमा भत्किएका तर हालसम्म निर्माण नभएका मठमन्दिर पुनर्निर्माण गर्नेछौं ।
पोखरी/ढुंगेधारा संरक्षण
सार्वजनिक खुल्ला ठाउँ संरक्षण नीति अनुसार भैसीपाटी लगायतका वडाहरुमा अपाङ्गतामैत्री पार्क निर्माण गर्नेछौं । महानगरभित्र रहेका अन्य पोखरी र ढुंगेधारा संरक्षणको काम थाल्नेछांै ।
साइकल लेन
सांस्कृतिक र ऐतिहासिक क्षेत्रमा साइकलको प्रयोगलाई प्रोत्साहित गर्नेछौं । साइकल प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम ल्याउनेछौं । आवश्यकता अनुसार साइकल लेन विस्तार गर्नेछौं । साइकल लेनसम्बन्धी ऐन पारित गर्नेछौं । उपत्यकालाई साइकलमैत्री सहर बनाउन शिवपुरीदेखि ललितपुर महानगरपालिका हुँदै गोदावरीको बोटानिकल गार्डेनसम्म साइकल लेन बनाउन छिमेकी नगरहरुसँग सहकार्य गर्नेछौं ।
पर्यटन Patan City Does Not Sleep को अवधारणा अनुसार महानगरमा पर्यटकहरुको बसाइ लम्ब्याउन विभिन्न कार्यक्रम ल्याउनेछौँ । ललितपुर महानगरपालिकामा पर्यटकको बसाई लामो बनाउन कुनै क्षेत्रमा रहेका नेपालीपन झल्कने रेष्टुँरा र होटेलहरु २४ घण्टा नै संचालन गर्न त्यहाँ भरपर्दो सुरक्षा व्यवस्था उपलब्ध गराउनेछौं । Core City Area मा संचालन हुनै लागेको Electric Vehicles मा पर्यटक, ज्येष्ठ नाागरिक, र बालबालिकालाई निशुल्क यात्राको व्यवस्था मिलाउनेछाैं । पर्यटकीय चक्र सम्पदा क्षेत्र भ्रमण कार्यक्रम अन्तर्गत खोकना, नागदह, हरिसिद्धि,छिमेकी पालिका गोदावरीको फुल्चोकी, र महालक्ष्मीको लांकुरी भञ्ज्याङमा पर्यटकलाई पु¥याउन कार्यक्रम संचालन गर्नेछौं ।
हस्तकला महानगर क्षेत्रभित्र उत्पादित हस्तकला सामग्रीहरुको विक्री वितरण र प्रबद्र्धनका लागि प्रदर्शनी कक्षको व्यवस्था गर्नेछौं । विश्व कला परिषद्ले महानगरपालिकालाई World Craft City भनि गरेको घोषणालाई अक्षुण राख्दै पालिकाभित्रका हस्तकलाकर्मीले उत्पादन गरेका हस्तकला सामग्रीको वजारिकरणको व्यवस्था मिलाउनेछौँ ।
शिक्षा ‘बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं, सिकाऔं र प्रतिस्पर्धा गर्न सक्ने बनाऔं’ भन्ने नारालाई सफल बनाउन अधिकारमुखी, प्रविधिमैत्री र जीवनउपयोगी शिक्षालाई अनिवार्य एवं निशुल्क बनाउनेछौँ । पालिकाभित्रका महत्वपूर्ण सम्पदा, संस्कृति, स्थान र व्यक्तिको परिचयलाई पाठ्यक्रममा समावेश गर्नेछौं । पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई प्रोत्साहित गर्न विद्यार्थीले एसइइ परीक्षामा प्राप्त गरेको अंक वा ग्रेडको आधारमा शिक्षकलाई पुरस्कृत गर्नेछौं । समय सापेक्ष तालिम , प्रसिद्ध विद्यालय÷विश्वविद्यालयमा अनुभव र शिक्षण सीप आदानप्रदान गर्न भ्रमणको व्यवस्था मिलाउनेछौँ ।
सिपालु, संस्कारयुक्त र सक्षम युवा जनशक्ति उत्पादनका लागि सामुदायिक र संस्थागत विद्यालयबीच एकरुपता कायम गर्नेछौं । औपचारिक शिक्षाबाट बंचित भएकाहरुलाई अनौपचारिक सिकाइ केन्द्र मार्फत सीप र शिक्षाको व्यवस्था गर्नेछौं । एकल महिलाका सन्तानका लागि पालिकाभित्रका विद्यालयसँग समन्वय गरी निशुल्क शिक्षाको व्यवस्था मिलाउनेछौँ । पालिकाभित्रका विद्यालयहरुमा नैतिक शिक्षा र प्राविधिक विषयलाई अनिवार्य बनाउनेछौँ । पालिकाभित्र प्राविधिक विद्यालय र कलेजको स्थापना गर्नेछौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयसँग समन्वय गरी पालिकाभित्र स्थायी बसोबास गर्ने विद्यार्थीलाई विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ ।
स्वास्थ्य प्रत्येक वडामा चिकित्सकसहितको सामुदायिक वडा स्वास्थ्य क्लिनिक संचालन गर्नेछौं । जहाँ रक्तचाप, मधुमेह, एलएफटी, आएफटी परीक्षणको व्यवस्था मिलाउनछोछौं । स्वास्थ्य विमा कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउँनेछौं । ६० वर्ष माथिका एकल महिला र पुरुष, दलित, जनजाति, सिमान्तकृतलाई रक्तचाप , मधुमेहको निशुल्क औषधिको व्यवस्था मिलाउनेछौँ । ज्येष्ठ नागरिकलाई यस अघि दिइएको निमोनिया खोपलाई निरन्तरता दिनेछौं । १० वर्षमुनिका बालबालिकालाई पनि निमोनिया खोपको व्यवस्था मिलाउनेछौँ । सुत्केरी महिलालाई ५ हजार पोषण भत्ताको प्रबन्ध गर्नेछौं । यो प्रबन्ध दुई सन्तानसम्मको हकमा मात्र लागू हुनेछ । अपाङ्गता भएकाको स्वास्थ्य परीक्षण र उपचार गर्न Doctor in Door को व्यवस्था मिलाउनेछौँ । पाठेघर र स्तन क्यान्सर जितेर सामान्य दिनचर्यामा फर्किएका महिलालाई प्रोत्साहन र सम्मान स्वरुप वार्षिक १० हजार प्रदान गर्नेछौं । सबै खाले क्यान्सर र मृर्गौला रोगको उपचार गराइरहेका बिरामीलाई खुराक खर्च वापत वार्षिक २५ हजार व्यवस्था गर्नेछौं ।
नसर्ने रोगहरुको रोकथाम र न्युनिकरण गर्न स्वास्थ्य प्रबद्र्धन सेवा कार्यक्रम संचालन गर्नेछौं । किशोरकिशोरीहरुमा देखिएको रक्तअल्पता तथा पोषणसम्बन्धी समस्या गर्न विद्यालयस्तरीय कार्यक्रम ल्याउनेछौँ ।
वातावरण तथा विपद व्यवस्थापन सार्वजनिक खुल्ला क्षेत्र संरक्षणको नीति अनुसार निर्माण भएका वातावरणमैत्री, अपाङतामैत्री पार्कको संरक्षण गर्दै थप पार्क निर्माणको कार्य अघि बढाउनेछौँ । लगनखेलस्थित १५ रोपनी क्षेत्रफलमा रहेको सप्तपाताल पोखरी, नेपाली सेनासँग समझदारीपत्रमा हस्ताक्षर गरी फिर्ता लिइएको ३० रोपनी जग्गामा रहेको दुईवटा पोखरी पुनर्निर्माण सम्पन्न गरी कमलको फूल फुलाउनेछौँ । यसैगरी महानगरभित्रका अन्य पोखरी, र ढुंगेधाराहरुको पुनर्निर्माणको काम अघि बढाउनेछौँ ।
फोहोर व्यवस्थापन फोहोर व्यवस्थापनका लागि Reduce, Reuse, Recycle अर्थात Triple R लाई अभियानको रुपमा संचालन गर्नेछौं । प्लाष्टिकको झोला मुक्त सहर निर्माणका लागि महानगरपालिकाभित्र भएका महिला समूहद्धारा उत्पादित कागज र कपडाको झोला प्रयोगलाई प्रोत्साहित गर्नेछौं । अस्पताल, विद्यालय र सर्वाजकि स्थानहरुमा प्लाष्टिकको झोला प्रयोगलाई निषेध गर्नेछौं । पर्यावरण जोगाउन नागरिक र समुदायस्तरमा चेतनामूलक अभियान संचालन गर्नेछौं । सार्वजनिक स्थानमा आमा समूह, महिला समूहलाई वृक्षारोपण कार्यक्रम संचालन गर्न प्रोत्साहित गर्नेछौं । महानगरभित्र रहेका सामुदायिक र निजी विद्यालयले विद्यालय वरपर रहेको खुल्ला स्थानमा वर्षको दुईपटक वृक्षारोपण र सरसफाई कार्यक्रम संचालन गर्नुपर्ने व्यवस्था मिलाउनेछौँ । ट्रोल र डिजेलको धुँवाले फैलाउने प्रदुषण नियन्त्रणका लागि विद्युतीय बसहरुलाई महानगर भित्राउन सरोकारवाला संघसंस्थासँग सहकार्य गर्नेछौं । साँघुरा गल्लीभित्र रहेका घरमा हुनसक्ने आगलागी जस्ता विपदको पूर्व तयारी गर्दै Portable दमकलको व्यवस्था गर्नेछौं । हाल एकै छानामुनि रहेको दमकल, एम्बुलेन्स, नगरप्रहरी, प्रकोप र दुर्घटनामा आवश्यक पर्ने अन्य उपकरणलाई थप व्यवस्थित गर्दै आवश्यकता अनुसार जनशक्ति र उपकरण थप्दै जानेछौं ।
कृषि/पशुपालन कृषिलाई व्यवसाय बनाउन चाहनेलाई न्यून व्याजदरमा ऋणको व्यवस्था मिलाउनेछौँ । खाद्य उत्पादनमा आत्मनिर्भर हुन ‘नराखौं जमिन खाली — रोपौं अन्नबाली’ कार्यक्रमलाई सुरु गर्नेछौं । साथै कौसी खेतीलाई पनि प्रोत्साहित गर्नेछौं ।
कृषकलाई कृषि उपकरण अनुदानमा उपलब्ध गराउने व्यवस्था मिलाउनेछौँ । पशुपालन व्यवसायमा जनशक्तिलाई आकर्षित गर्न पशु विमा कार्यक्रम थालनी गर्नेछौं ।
सहकारी/उद्यम/व्यापार सहकारिताको माध्यमबाट महानगरवासीहरुको जीवनस्तरमा सुधार ल्याउन लगानी,उत्पादन र आयको क्षेत्र पहिचान गरी कार्यक्रम संचालन गर्नेछौं । घरेलु उद्यम र साना व्यापारलाई नीतिगत सहजता सहित प्रबद्र्धन गर्नेछौं । उद्यम गर्न चाहने युवा, महिलालाई सहकारीहरुसँग समन्वय गरी न्यून व्याज दरमा ऋण उपलब्ध गराउँछौं । यस सन्दर्भमा पाँच वर्षभित्र मूल पुँजी चुक्क्ता गर्नुपर्ने व्यवस्था समावेश गर्नेछौं । पालिकाभित्रका सहकारीहरुलाई उत्पादनमुखी ,व्यवसायिक, आयमूलक बनाउन कार्यक्रम निर्माण गर्नेछौं । करको दायरा बढाउने र करमा छुटको व्यवस्थालाई अबिलम्व सुरुवात गर्नेछौं । प्रविधिको प्रयोग गरी राजश्व तिर्ने कामलाई कार्यान्वयनमा ल्याउँंनेछौं ।
सडक सुरक्षा
ट्राफिक व्यवस्थापनका लागि ठाउँ र आवश्यकता हेरी One way को व्यवस्था गर्नेछौं । ट्राफिक व्यवस्थापनका लागि जडान सुरु भएको इन्टिलिजेन्ट ट्राफिक बत्तीको जडानलाई विस्तार गर्दै निरन्तरता दिनेछौं । चक्रपथ लगायत सुनाकोठी, खोकना, हरिसिद्धी,धापाखेलमा स्मार्ट सडक बत्ती जडान गरेर ललितपुरलाई उज्यालो सहर बनाउने छौ । Core Area मा जडान भएको स्मार्ट सडक बत्तीको संरक्षण गर्दै आवश्यकता अनुसार थप्दै जानेछौं ।
सडकलाई सुरक्षित बनाउन महानगरका सडकमा सिसिटिभी जडान गर्नेछौं । सार्वजनिक यातायातको सहज पहुँचका लागि Mass Based Transportation (धेरै यात्रु अटाउने ठूला बसहरु) को व्यवस्था गर्नेछौं । Municipal Transportation Master Plan को आवश्यकता अनुसार कार्यान्वयन गर्नेछौं ।
शुसासन/जवाफदेहिता सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परीक्षणको नीतिलाई कार्यान्वयनमा ल्याउनेछौँ । आजको काम आजैको अवधारणालाई आत्मसात गर्दै महानगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवालाई चुस्त, प्रभावकारी बनाउनेछौँ । जनतासँग सिधै सम्पर्क हुने गरी हट लाइनको व्यवस्था गरी ‘भन्नुस् तपाईंका कुरा’ कार्यक्रम अन्तर्गत सुझाव, गुनासो सुन्ने व्यवस्था मिलाउनेछौँ ।
बजार व्यवस्थापन नेशनल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी महानगरभित्रका विभिन्न स्थानहरुमा सहकारी पसल संचालनको व्यवस्था मिलाउनेछौँ । असन्तुलित मूल्यवृद्धि नियन्त्रणका लागि किसानको उत्पादनलाई उपभोक्तासम्म पु¥याउनका लागि Kishan to Kitchen कार्यक्रमलाई अघि बढाउनेछौँ । जस अन्तर्गत स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिदैं तरकारी, साबुन तेललगायतका सामग्रीहरुको विक्री वितरणका लागि महानगरको विभिन्न स्थानमा साप्ताहिक हाट बजार संचालन गर्नेछौं ।
एक वडा एक उत्पादन योजना संचालन गरी बजारिकरणको व्यवस्था मिलाउनेछौँ ।
सम्मान-पुरस्कार खेलाडीलाई प्रोत्साहित गर्न विभिन्न खेल प्रतियोगिता आयोजना गर्नेछौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने महानगरको क्लब र खेलाडीलाई नगर पुरस्कारसहित सम्मान गर्नेर्छौ । वाङ्मय शताब्दी पुरुष श्री सत्यमोहन जोशीलाई एक सय वर्ष प्रवेश गरेसँगै गरिएको सम्मान र अभिनन्नदनलाई निरन्तरता दिदैं महानगरभित्रका साहित्यकार, कलाकार , संस्कृतिविद्लाई सम्मान गर्नेछौं ।
महानगरभित्रका अस्पताल वरपरको क्षेत्र Free WiFi Zone बनाउँछौं ।
लक्षित वर्ग प्रबद्र्धन
महिला अधिकार मानव अधिकार हो भन्ने सिद्धान्तलाई स्थापित गर्न कानुनको प्रभावकारी कार्यान्वन गर्नेर्छौं । महिला अधिकार, लैंगिक समानता, महिला सशक्तिकरणका लागि विशेष कार्यक्रम संचालन गर्नेछौ । अपाङ्गता न्यूनिकरण तथा पुनस्र्थापनालाई नीतिगत अवधारणामा समावेश गरी निश्चित कार्यक्रम संचालन गर्नेछौ । ललितपुर महानगरपालिकाको लगानी रहेको साझा यातायातमा महिला यात्रुलाई ५० प्रतिशत छुटको व्यवस्था गर्नेर्छौ । सार्वजनिक यातायातमा महिला, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक,अपाङगता भएकालाई थप आरक्षित सिटको व्यवस्था गर्न समन्वय गर्नेछौं । महिलाद्धारा संचालित सहकारी, निजीसंघसंस्था, महिलाले नेतृत्व गरेका प्रि —स्कुल, सामुदायिक र निजी विद्यालय लगायतका संघसंस्थालाई प्रोत्साहित गर्न कार्यक्रम ल्याउनेछौँ । विभेद र हिंसा रहित न्यायपूर्ण पालिका निर्माणका लागि वडा रहेका आमा समूह, महिला समूह मार्फत टोलटोलमा चेतनामूलक कार्यक्रम संचालन गर्नेर्छौं । छवाछुत र मानवीय विभेद मुक्त महानगरपालिका निर्माणका लागि कार्यक्रम संचालन गर्नेछौं । महानगरले दिदैं आएको सामाजिक सुरक्षा भत्ता वापतकोे ५ हजारलाई वृद्धि गरेर १० हजार पु¥याउनेछौँ ।
बाल अधिकारको प्रबद्र्धन हुनेगरी सहभागिता, विकास र सुरक्षाको प्रत्याभूति दिलाउँदै कार्यक्रम संचालन गर्नेछौं ।
विद्युत तथा संचार विद्युत तथा संचारको उपभोगको अधिकारलाई सुनिश्तिता गर्नेछौं । बिजुली,टेलिफोन, इन्टरनेटका सेवाप्रदायकहरुलाई एकद्धार प्रणालीमा समावेश गरी एकरुपता कायम गर्दै सहरको सौन्दर्यलाई बढोत्तरी गर्नेछौं । विद्युत तथा संचार सेवाको अवरोधलाई हटाउँदै सरल सेवा प्राप्त हुने वातावरणमा कार्य गर्नेछौं ।
अमूल्य मतको अपेक्षा र विश्वाससहित, जयनेपाल ।।