साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर 

मंगलबार, वैशाख २०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, २० वैशाख  । नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको सख्ंया साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । 

हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रीम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार