नौ महिनामा एक खर्ब २६ अर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धता प्राप्त

मंगलबार, वैशाख २०, २०७९
मयुर प्लाई
Global Ime Bank


काठमाडौं, २० वैशाख   । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालले १ खर्ब २६ अर्ब ७ करोड २४ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । प्राप्त प्रतिवद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड २६ लाख रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । जापान, स्वीट्जरल्याण्ड, विश्व बैंक, एसियाली विकास बैंक लगायतका दातृ राष्ट्र तथा निकायबाट उक्त प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार