निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउने तयारी

मंगलबार, वैशाख २०, २०७९

मनाङ, २० वैशाख ।    आसन्न वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ । निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्तीलगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने तयारीमा रहेको प्रमुख निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए  । 

उनका अनुसार जिल्लाका चारवटै स्थानीय तहका २८ मतदान केन्द्रमा पठाउन विभिन्न सामग्री विभाजन गरी २८ पोका बनाइएको छ । निर्वाचनका लागि तयार पारिएको सामग्री टाढा मतदान केन्द्रमा वैशाख २६ गते पठाइनेछ भने नजिकका मतदान केन्द्रमा वैशाख २७ गते निर्वाचन सामग्री पठाइने शर्माले बताए ।  

“मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी नियुक्त गर्ने र तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ’’, उनले भने , “कर्मचारी नियुक्ति प्रक्रिया चलिरहेको छ, नियुक्ति गरेर ओरियण्टेशन गराई मतदान केन्द्रमा २७ गतेसम्म कर्मचारी पठाउने छौँ ।’’ २७ गतेसम्म कार्यालय स्थापना गरी सूचना टाँस गर्नुपर्ने उनले बताए  । 

    धेरै काम पूरा भइसकेका छन् । विभिन्न स्थानका मतदान केन्द्रको अनुगमन पनि तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए  । उनका अनुसार सुरक्षित र भयरहित तबरबाट सहज रुपमा मतदातालाई मतदान गर्ने वातावरण बनाउन सुरक्षा निकाय प्रमुखसहित विभिन्न स्थानमा अनुगमन गरिएको छ । 

    निर्वाचनका लागि नासो गाउँपालिकाका सबै मतदान केन्द्रको तयारीका बारेमा जानकारी लिने उद्देश्यले आज अनुगमन गरिएको उनले बताए । सुरक्षित राख्ने स्थान निर्माण गरी सामग्री पठाउनुपर्ने भएकाले पनि अनुगमनलाई तीव्र पारिएको उनको भनाइ छ । नासोको नौवटा मतदान केन्द्रको अनुगमन तथा अवलोकन गरिएको उनले बताए  ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिममा दिने सामग्रीसमेत तयार भएको उहाँले बताउनुभयो । निर्वाचन ऐन, नियमावली, आचारसंहिता, झोला, स्थानीय तह मतदान निर्वाचन निर्देशिका, मतदान आचारसंहिता निर्देशिकालगायत सामग्री तयार पारिएको निर्वाचन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
मंगलबार, वैशाख २०, २०७९