सोसल मिडिया
Contact Us
युनिकोड
ललितपर २१ बैशाख । ललितपर जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई एक दिने प्रशिक्षण दिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले ललितपुरमा स्थानीय निर्वाचनलाई निष्पक्ष एवम् मितव्यायी बनाउने जिम्बेवारी निर्वाचनमा खटिने १७ सय कर्मचारीको हातमा रहेको उल्लेख गरे । उनले निष्पक्ष निर्वाचन गराउन कर्मचारीहरु तथस्ट रहनु पर्नेमा जोड दिए । ललितपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटीले कर्मचारीहरुले राजनैतिक गन्ध आउने किसिमका काम गर्न नहुने बताउँदै भने मतदान अधिकृतको सुरक्षको लागि २ जना सुरक्षाकर्मी र ५ जना म्यादी प्रहरीको ब्यावस्था गरिएको जानकारी दिए । उनले भने, ‘सुरक्षाको कुनै कमी हुने छैन् । ज्येष्ठ नागरिक तथा तथा शारीरिक असक्त भएका व्यक्तिलाई सहज ढङ्गबाट मतदान गर्न पाउने वातावरण मिलाउनु पर्छ ।’ प्रशिक्षणमा ललितपुरका ६ ओटै स्थानीय तहका मतदान अधिकृत , सहायक मतदान अधिकृत सुरक्षा प्रमुखहरूको सहभागिता थियो ।