सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

बुधबार, वैशाख २१, २०७९
काठमाडौं, २१ वैशाख : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । 

स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरि जनाएका छन् । 

यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि २४ घण्टे स्पष्टीकरण मागेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  २१:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बुधबार, वैशाख २१, २०७९