मनाङकाे नमुना मतदानमा मत बदर शून्य

बिहीबार, वैशाख २२, २०७९

लमजुङ, २२ वैशाख  । स्थानीय निर्वाचनमा मनाङमा बदर मत कम गर्ने उदेश्यले जिल्ला निर्वाचन कार्यालयले बिहीबार नमुना मतदान गरेकाे छ । नमुना मतदानमा ३४ जना सहभागी थिए । सहभागीमध्ये तीन जनाको मत आंशिक बदर भए पनि सहभागी कसैको मत पनि पूर्ण बदर भने भएन । 

विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा अभियान नभए पनि नागरिकमा मतदान प्रक्रियाबारे सचेतना रहेकाे मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

नमुना मतदानमा महिला पुरुष, अशक्त र वृवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी चुनाव चिह्नमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाएको मनाङका मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बिहीबार, वैशाख २२, २०७९