सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र सफा बनाउने अभियान अन्तर्गत घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने भएको छ । टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर उक्त कार्यको सुरुवात शुक्रवारबाट गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
खम्बालाई सफा बनाएपछि त्यसमा हरियो रङ लगाउने महानगरले तयारी गरेको छ । खम्बामा रङ लगाउनको कारण अथ्र्याउँदै नगरप्रमुख महर्जनले भने, ‘सहरलाई पृथक देखाउन, हरियाली प्रबद्र्धनमा सहयोग पु¥याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन यो काम गर्न लागेका हौं ।’ महानगरको यो निर्णयलाई नटेर्नेलाई कडा कारबाही गर्ने समेत महानगरले जनाएको छ ।
जमिनमाथिबाट खम्बाको ६ फिटसम्म हरियो रङ लगाइने महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । चार फिटपछि सेतो रङ खम्बाको वरिपरि लगाइने छ । हाछेथुले भने, ‘हरियोमा सेतो रङ हुँदा सडकमा सवारी चलाउन समेत सजिलो हुन्छ ।’ महानगरले तत्काल यो काम बाग्मती पुलबाट जउलाखेल, लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म र पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गर्ने जनाएको छ । नगरप्रमुख महर्जनले पहिलो चरणमा यी रुटमा काम सके लगत्तै सबैतिर यो काम थालिने बताए ।