सोसल मिडिया
Contact Us
युनिकोड
महेन्द्रनगर, २३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्र र प्रदेश सरकारसित समन्वय गरेर विकास निर्माण र जनताका समस्या समाधान गर्न एमालेबाट उम्मेदवार बनेकालाई जिताउन आग्रह गरेका छन् । कञ्चनपुरको बेलौरीमा आयोजित चुनावीसभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले स्थिरता र स्थायित्वका लागि सुदृढ राजनीतिक शक्ति चाहिने भन्दै यस्तो शक्तिलाई विजय गराउन नागरिकसँग आग्रह गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा लिएर राष्ट्र निर्माणमा जुट्न पनि उहाँले सबैसँग आग्रह गर्नुभयो । उहाँले एमाले सरकारमा रहँदा जनताका काम गरेको दाबी पनि गरे ।
'नेपाली जनताको आशाको केन्द्र एमाले'
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् । कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे । विकास र समृद्धिका कुरामा बढी समय खर्चनुभएका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताउनुभयो । आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गरे ।