अफगानिस्तानको घाटा बजेट पूर्ति गर्न मुद्राकोषबाट ऋण

शुक्रबार, चैत ६, २०७७
मयुर प्लाई
Global Ime Bank

काबुल । अन्तर्राष्ट्रिय मुद्रा कोषले अफगानिस्तानका लागि २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । 
चालू आर्थिक वर्षका लागि अफगानिस्तानको राष्ट्रिय बजेटमा रहेको घाटा पूर्ति गर्न प्रदान गरिने उक्त ऋण करीब ४६ प्रतिशत रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । योसहित अफगानिस्तानको कूल राष्ट्रिय ऋण एक अर्ब ५० करोड डलर पुगेको छ । मुद्राकोषले प्रदान गर्ने ऋण यसअघि अफगानिस्तानले तिर्नु बुझाउनुपर्ने ऋणको पुनभुक्तानीका लागि हो ।अफगानिस्तानको पर्सियाली पात्रो अनुसार डिसेम्बर २१ देखि नयाँ आर्थिक वर्ष शुरु हुने गर्दछ । अफगानिस्तानको चालू आर्थिक वर्षको कूल बजेट करीब ६ अर्ब डलर रहेको छ जसमा करीब चार अर्ब चालू खर्च र करीब दुई अर्ब पूँजीगत खर्च रहेको छ । गृहयुद्ध र दिनहुँका हिंसाका कारण सङ्कटमा परेको अफगानिस्तानमा गरीबी, बेरोजगारी र सुख्खाले आम मानिसको दैनिक जीवन निकै कष्टमय बनाएको छ । अफगानी अधिकारीहरुका अनुसार सन् २०१९ मा करीब ५५ प्रतिशत अफगानी नागरिक गरिबीको रेखामुनि रहेका छन् । तर, विश्व बैंकको भनाइमा गत वर्ष गरिबीको रेखामुनि रहेका मानिसको सङ्ख्या ७२ प्रतिशतसम्म पुगेको छ ।–सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०३:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार