गठबन्धन बाहेकको प्रचार गर्नेलाई कांग्रेसले कारबाही गर्ने

आइतबार, वैशाख २५, २०७९

हेटौंडा, २५ वैशाख । नेपाली कांग्रेस मकवानपुरले पाँच दलीय सत्ता गठबन्धन बाहेकका उम्मेदवारहरूको प्रचारप्रसार गर्ने क्रियाशील सदस्य तथा कार्यकताहरूलाई कारबाही गर्ने भएको छ ।
पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले सामाजिक सञ्जालमार्फत पार्टी हित विपरीत र गठबन्धनको नीति विपरीत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएका दिइएको छ ।

मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा गठबन्धन भएको र इन्द्रसरोबरमा नेकपा एकीकृत समाजवादीबाट बनेका उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको चौलागाईंले बताए ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार