जुम्लामा १४ प्रतिशत महिला कर्मचारी खटिए, ६ जना मतदान अधिकृत

आइतबार, वैशाख २५, २०७९

जुम्ला, २५ वैशाख  ।  स्थानीय तह निर्वाचनका लागि जुम्लाका ६ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । स्याउसुपोर जोन कार्यालयकी  प्रमुख  गंगा कुमारी पोखरेललाई जिल्ला हुलाक कम्पाण्डको मतदान मतदान केन्द्रमा अधिकृतको जिम्मेवारी दिइएको छ । 

चन्दननाथ नगरपालिकामा कार्यरत चण्डिका चौलागाईं चन्दननाथ नगरपालिका ४ मा भारतीस्थित अशोक अधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ । पातारासी गाउँपालिकामा कार्यरत बिमा रोकायालाई भैरव मावि धुपिढुस्कामा रहेको मतदान केन्द्रमा खटाइएको छ ।
 
तिला गाउँँपालिकामा कार्यरत जानकी हितानलाई श्री शम्भुनाथ  ज्ञानकुञ्ज  अधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ ।
जुम्ला जिल्ला अदालतमा कार्यरत  बेतुना राईलाई  संशर आधारभूत विद्यालय लोर्पामा रहेको मतदान केन्द्रमा  पठाउँदा   तिला गाउँपालिमा कार्यरत झनमाया खत्रीलाई  भैरवमावि नराकोटको  मतदान केन्द्रमा अधिकृत तोकिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यलयले प्रकाशन गरेको  निर्वाचनमा खटिने कर्मचारीको सूचीअनुसार जुम्लामा यसपटकको मतदानका लागि १४ प्रतिशत मात्र महिला परिचालन भएको सहायक निर्वाचन अधिकृत तोयनाथ उपाध्यायले बताए ।

जुम्लामा दुई सय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन कार्यालयका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिएका छन् । 

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा खटिने कर्मचारीसमेत छनोट गरिएको छ । 

उनका अनुसार पाँच सयभन्दा माथि मतदाता भएका मतदान केन्द्रमा पाँच जना र पाँच सयभन्दा मुनी मतदाता भएका केन्द्रमा चार जना कर्मचारी खटाएको छ ।  

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र पाँचसय भन्दा बढी मतदाता र १४ वटा कम मतदाता छन् । सोही मापदण्डअनुसार जिल्लामा कर्मचारी परिचालन हुने भएका छन् । 

प्रत्येक केन्द्रमा कर्मचारीसहित तीनजना स्वयंसेवक खटिने भएका छन् । त्यसको जिम्मेवारी मतदान अधिकृतकै हुनेछ । कार्यालय प्रमख शर्माले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरिसकेको बताए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
आइतबार, वैशाख २५, २०७९