अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुने बढ्न थाले

आइतबार, वैशाख २५, २०७९

वासिङ्टन, २५ वैशाख । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्न थालेको पाइएको छ ।  यहाँका स्वास्थ्य अधिकारीले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य सङ्क्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् ।
अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अङ्कमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही हप्तामा अमेरिकाका नागरिक कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाएको छ । 
सो पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार रहेको थियो । 
यो संख्या अमेरिकाका सबै अस्पतालको हो । तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको छ ।
यहाँ गएको दुई हप्ता अघिको तुलनामा सङ्क्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ । 
कोरोनाका सङ्क्रमित गएको बिहीबार मात्र यहाँ ६८ हजार जना भेटिएका थिए । यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार