आगलागीमा मरे २० गाई

शनिबार, चैत ७, २०७७
मयुर प्लाई
Global Ime Bank

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका¬–५ स्थित कृषि फार्ममा भएको आगलागीमा परी  २० गाई जलेर मरेका छन् ।   गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । सो फार्ममा ६० मध्ये ती गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  । तीमध्ये १० गाई घाइते र ३०  हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताए । आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ  । सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन्  ।  उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । –रासस

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार