सन् २०२५ सम्ममा चीनमा नर्सको सङ्ख्या ५५ लाख पुग्ने

मंगलबार, वैशाख २७, २०७९

बेइजिङ, २७ वैशाख । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनानुसार सन् २०२५ सम्ममा  देशमा ५५ लाख नर्सहरू हुनेछन् । सन् २०२५ सम्ममा प्रति हजार जनामा ३ दशमलव ८ दर्ता नर्स रहने नर्सिङ विकास योजनाले देखाएको छ ।
सन् २०२० को अन्त्यमा, चीनमा दर्ता नर्सहरूको सङ्ख्या ४.७ मिलियनभन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतले बढेको छ । देशका ७० प्रतिशतभन्दा बढी नर्सहरूसँग जुनियर कलेज डिग्री वा सोभन्दा माथिको डिग्री रहेको जनाइएको छ ।
नर्सिङको सुधारले मानिसहरूको स्वास्थ्य सुधार गर्न  मद्दत पुग्नेछ ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार