सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, २७ वैशाख । चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ । हाल सांघाई शहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन् । अझै पनि सांघाई शहरमा तालाबन्दी तीव्र भएको छ । पूर्वी पावरहाउस सहरले महामारी सुरु भएदेखि नै चीनको सबैभन्दा खराब प्रकोपविरूद्ध आफ्नो लडाई जितेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेइजिङले हालैका हप्ताहरुमा कोरोना संक्रमणका सयौं व्यक्तिहरु भेटिएका छन् । सोमबार बेइजिङ्मा ४५ जना नयाँ कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो अपेक्षाकृत सानो संख्या हो । तर प्रतिबन्धहरु हलचल गर्न पर्याप्त भएको बताइन्छ । चीनमा ओमिक्रोन भेरिएन्टको वृद्धि भएको असर सांघाई शहरमा अत्याधिक रुपमा परेको जनाइएको छ । यस शहरमा कोरोना सक्रमणको कारण ५०० भन्दा बढीको मृत्यु भएको आधिकारीक तथ्याङ्कले जानकारी दिएको छ ।
मलेसियालमा कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु
मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् । यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी सङ्क्रमित भएका पनि पाइएको छ ।यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका बताइएको छ । तीमध्ये थोरै मात्र सङ्क्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।– रासस/सिन्ह्वा