सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद, २७ वैशाख । पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जाने भएका छन् । यही मे महिनाको मध्यतिर उनले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । कुटनीतिक स्रोतलाई उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमहरुले लेखेको समाचारअनुसार उहाँ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनको निमन्त्रणामा अमेरिका जान लागेका हुन् । उनीहरुका बीचमा केही दिन अगाडि मात्रै टेलिफोनमा कुराकानी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका—पाकिस्तान सम्बन्धको ७५ औँ वार्षिकोत्सवको अवसरमा उनीहरुका बीचमा टेलिफोन संबाद भएको हो । उनीहरुले आपसी सम्बन्ध थप बलियो बनाउदै लैजाने, सहकार्यका नयाँ ढोकाहरु खोल्नेलगायतका विषयमा पनि कुरा गरेको जनाइएको छ ।–रासस/एएनआई