सोसल मिडिया
Contact Us
युनिकोड
गण्डकी, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा पोखरामा आयोजित चुनावीसभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी मतगणनासम्म लैजान पार्टीका कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । एमाले सरकारमा रहँदा मुलुकमा विकासको लहर सुरु हुने र शासन व्यवस्थामा पनि सुधार आउने उनको दाबी थियो । उनले नेकपा एमालेलाई विभिन्न रुपमा सिध्याउने प्रयासहरू गरिएका भन्दै आसन्न निर्वाचनमा एमालेले विजय हासिल ग विश्वास व्यक्त गरे । पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले तीन वर्षको जेल जीवनका बसाइमा पोखरालाई राम्रैसँग चिन्ने र अनुभव गर्ने अवसर पाएको स्मरण गरे । वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारलाई सूर्य चिह्नमा मतदान गरेर समृद्धि र विकासका पक्षमा उभिन उनले आग्रह गरे । नेकपा एमालेका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार कृष्ण थापाले पोखरालाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धतासहित आफूहरू चुनावी अभियानमा जुटेको उनले बताए । शिक्षा, स्वास्थलगायत आधारभूत आवश्यकतामा सबै जनताको पहुँच पु¥याउने र पोखरालाई उत्कृष्ट महानगरका रुपमा स्थापित गर्ने उनले बताए । उपप्रमुख पदका उम्मेदवार मञ्जुदेवी गुरुङले जनताको सेवक बनेर महानगरवासीलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्ने बताइन् । पोखरा महानगरलाई विकटबाट निकट बनाउन पूर्वाधार विकासका कामअघि बढाएको बताउँदै उनले महानगरलाई अझै सुन्दर बनाउन साहित्य, संस्कृति, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद भएको बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज भृकुटीमण्डपमा जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदुरको लामो सङ्घर्षपछि मे दिवस मनाउन थालिएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले विभेद र अत्याचार भएपछि मजदुरहरु एकताबद्ध भएर आन्दोलन सुरु गरेको बताए । पुराना र नयाँ सहर श्रमिकको मिहिनेतबाट नै बनेको उनको भनाइ थियो । “मजदुरकै प्रयासका कारण सहर अहिलेको अवस्थामा आएका हुन्”, अध्यक्ष ओलीले भने । विगतदेखि नै श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच मालिकको पाइएको उनले बताए । सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए । शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन तथा उनीहरुलाई सम्मानजनक रुपमा बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उनको धारणा थियो । काठमाडौँ महानगर प्रमुखका उम्मेदवार केशव स्थापितले आफु प्रमुख हुँदा आधुनिक काठमाडौँ बनाउने, सडक चौडा गर्ने, माइतीघर मण्डला बनाउनेलगायत काम गरेको अध्यक्ष ओलीले बताए ।