सोसल मिडिया
Contact Us
युनिकोड
डडेल्धुरा, २७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेका छन् । गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले भने, “यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु ।” आफ्नो गाउँठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । उनले भने, “पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ । अहिले सबै ठाउँमा सडक पुगिसकेका छन् । कच्ची बाटा छन् । अब कालोपत्र गर्नु पर्नेछ । त्यो सबै मैले गर्ने हो ।” भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उनले बताए । ग
गठबन्धन बनाउन दाहाल र नेपालको योगदान : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को ठूलो योगदान रहेको बताएका छन् । गृहनगर मेचीनगरको धुलाबारीमा आज साँझ आयोजित चुनावी सभामा उनले भने, “अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ ।” नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको यसअघिको सरकारले दुई÷दुई पटकसम्म संसद् विघटन गरेर संविधान र लोकतन्त्रप्रति प्रहार गरेको आरोप लगाउँदै कांग्रेस महामन्त्री शर्माले संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्ने बाध्यता आएको बताए । दश वर्षे सशस्त्र विद्रोह गरेको शक्ति माओवादी र लोकतन्त्रका लागि सङ्घर्ष गरेको नेपाली कांग्रेसबीच तालमेल भएकै कारण मुलुकमा शान्ति स्थापना भएको दृष्टान्त दिँदै उनले घरपरिवार तालमेलबाट चले जस्तै देशलाई सुव्यवस्थितरूपमा सञ्चालन गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदातालाई आग्रह गरे । महामन्त्री शर्मा दुई दिनयता गृह जिल्लाको चुनावी सभामा व्यस्त रहे । शर्माको गृहनगर मेचीनगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन रहेको छ । नगरप्रमुख पदमा नेपाली कांग्रेसका इन्द्र बुढाथोकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी उम्मेदवार बनेका छन् । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरे ।
डोटीले जनताको विकासका लागि लाग्नेछु : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताए । उनले भने, “देशमा आमूल परिवर्तनपछि नागरिकलाई विकास चाहिएको छ, विकास निर्माणका काम गर्नकै लागि हामीले गठबन्धन गरेका हौँ, हाम्रो गठबन्धन वर्षौंसम्म रहनेछ ।” अध्यक्ष दाहालले सुदूरपश्चिमसहित डोटीको विकास तथा स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्नेसमेत बताए । उनले भने, “पूर्वपछि अब विकास गर्ने पालो सुदूरपश्चिमतिर छ, मसहित सिङ्गो पार्टी यहाँको विकासका लागि अग्रसर हुनेछौँ ।” आफ्ना क्षेत्रको विकास गर्ने जिम्मा अब डोटेली जनताको भएकाले यहाँको विकास गर्ने वा नगर्ने भन्ने जिम्मा यहीँका नागरिकको भएकोसमेत अध्यक्ष दाहालले जिकिर गरे । अहिलेको निर्वाचन भनेको विकास गर्ने र विकास नगर्नेका बीच भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।–रासस