पर्सामा तीन हजार २९७ उम्मेदवार चुनावीबीच प्रतिस्पर्धा

मंगलबार, वैशाख २७, २०७९

वीरगञ्ज,  २७ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा वीरगञ्ज महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका छन् । 
जिल्लाका विभिन्न पालिकामा १६ दलको तर्फबाट उम्मेदवारी परेको छ ।  स्वतन्त्र उम्मेदवारको सङ्ख्या कम रहेको छ । विसं २०७४ निर्वाचनपछि  जिल्लामा ५७ हजार ६२४ मतदाता थपिएका छन् । हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पूरुष र १६ अन्य गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् । विसं २०७४ मा एक लाख २० हजार ९११ महिला, एक लाख ५९ हजार २८६ पुरुष र १५ अन्य गरी कूल दुई लाख ८० हजार २१२ मतदाता थिए ।
विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ८१ प्रतिशत मतदान भएको थियो भने ०.४० प्रतिशत मत बदर भएको थियो ।  जिल्लामा आशन्न स्थानीय तहको निर्वाचनमा एक ६७ मतदातस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
मंगलबार, वैशाख २७, २०७९