कञ्चनपुरमा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा रोक

मंगलबार, वैशाख २७, २०७९

कञ्चनपुर, २७ वैशाख  ।  स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादकपदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको हो । 
 
निर्वाचन सुरक्षा  व्यवस्थापन  निर्देशिका २०७८ को दफा ६९घ० एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार मादक पदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको छ । नियम विपरीत कार्य गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही हुनेसमेत जनाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
मंगलबार, वैशाख २७, २०७९