कञ्चनपुर नेपाल–भारत सीमा नाका बन्द 

मंगलबार, वैशाख २७, २०७९

कञ्चनपुर, २७ वैशाख ।  निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ । निर्वाचनलाई मध्यनजगर गरी आजदेखि वैशाख ३० गते शुक्रबार मतदानकार्य सम्पन्न नभए सम्मका लागि जिल्ला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए  ।  निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६९झ०एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ । 

सवारी साधन सञ्चालनमा रोक 

निर्वाचनका दिन बिहान ५ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक विद्युत, खानेपानी ट्याङकर, नेपाल टेलिकम, एम्बुलेन्स शव बाहन, स्वास्थ्य संस्थाको गाडी, दमकललगायत सञ्चालनमा भने रोकतोक गरिएको छैन । आधिकारिक निकायबाट निर्वाचन प्रयोजनका निमित्त अनुमति लिएका सवारीसाधन बाहेकक अन्य सार्वजनिक निजी सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
मंगलबार, वैशाख २७, २०७९