सोसल मिडिया
Contact Us
युनिकोड
कास्की, २८ वैशाख । वैशाख ३० गतेको स्थानीय तह सदस्य निर्वाचनका लागि कास्कीका मतदान केन्द्रहरूमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराबाट आज सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूले मतदान सामग्री बुझ्ेका हुन् । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका छन् । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत आकाङ्क्षा रिजालले मादी, अन्नपूर्ण, माछापुच्छ«े र रुपा गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावलीलगायतका ६४ प्रकारका सामग्री प्रदान गरिएको बताए । उनका अनुसार पोखरा महानगरपालिकाको केही मतदान केन्द्रमा बाहेक सबैमा मतपत्रसहित कर्मचारी पुगेका छन् । पोखरा महानगरका पनि सबैलाई साँझसम्म सामग्री प्रदान गरिसकिने बताइएको छ । मतदान अधिकृतहरूले निर्वाचन कार्यालयबाट मतदान सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेका हुन् । निर्वाचन अधिकृत रिजालले भने, “चारवटा गाउँपालिकामा सबै मतदान अधिृकतहरूले मतदान सामग्री बुझेर जानुभएको छ, उहाँहरू आजै तोकिएको केन्द्रमा पुग्नुहुनेछ ।” स्थानीय तह निर्वाचनका लागि कास्कीका पाँचवटा पालिकामा गरी १५० मतदानस्थल र ३३६ मतदान केन्द्र तोकिएका छन् । पोखरा महानगरपालिकामा सबैभन्दा धेरै मतदान केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक सात जना कर्मचारी खटिने छन् । एउटा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारीको प्रबन्ध गरिएको छ । त्यसैगरी मतदान अधिकृतले तीन जना स्वयंसेवक नियुक्त गर्न सक्नेछन् । निर्वाचनमा खटिएका मतदान अधिकृतलगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधा बुझेका छन् । चार गाउँपालिकाका अधिकृतलगायतका कर्मचारीले सोमबार र पोखरा महानगरकालाई आज प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिृकत निलप्रसाद पनेरुले जानकारी दिए ।
जुम्लामा स्थानीय तह निर्वाचनको तयारी पूरा
जुम्लामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, मतपेटिका र परिचय पत्रलगायत, आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्ययले जानकारी दिए । जिल्लाका आठवटा स्थानीय तहका ७९ मतदानस्थल र १०२ मतदान केन्द्रमा ४९६ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए । ४१ मतदान केन्द्र अतिसंवेदनशील, १५ केन्द्र संवेदनशील र २३ वटा सामान्य मतदान केन्द्र रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि जिल्लामा ७०० भन्दा बढी नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागबाट परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । –रासस