पाल्पामा महिला मतदाता बढी

बुधबार, वैशाख २८, २०७९

रामपुर ९पाल्पा  २८ वैशाख  । वैशाख ३० गतेको स्थानीय तहको  निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६८० पुरुष मतदाता छन् । जिल्लाको १० पालिकामध्ये तिनाउ गाउँपालिका बाहेक अन्य पालिकामा महिलाको मतदाता सङ्ख्या बढिरहेको पाइएको छ । तिनाउमा पुरुष सात हजार २४५ र महिला सात हजार १४१ छन् भने अन्य पालिकामा महिला मतदाता बढी छन् । तानसेन नगरपालिकामा एक हजार ७१३, रामपुर नगरपालिकामा एक हजार ५४३, बगनासकाली गाउँपालिकामा ८२९, रम्भामा ६८७, पूर्वखोलामा ६४०, माथागढीमा ३८७, रिब्दीकोटमा ३७३, रैनादेवी छहरामा १६७, तिनाउमा १०४ र निस्दीमा ९३ महिला मतदाता बढिरहेका छन् ।
 
सबैभन्दा धेरै मतदाता तानसेन नगरपालिका र थोरै पूर्वखोला गाउँपालिका रहेको छ । निर्वाचन कार्यालयद्वारा प्रकाशित नामावलीमा तानसेनमा ३३ हजार ७६९ र पूर्वखोलामा १३ हजार ६९८ मतदाता छन् । सबैभन्दा कम मतदाता तिनाउ गाउँपालिका–६ स्थित पाटन आधारभूत विद्यालय मतदान केन्द्रमा १८१ मतदाता रहेका छन् ।       
     
जिल्लामा कूल ११८ मतदानस्थल र २४७ मतदान केन्द्र कायम छन् । दश पालिकामध्ये मतदानस्थल र केन्द्र सदरमुकाम तानसेनमा बढी छन् । यहाँ २२ मतदानस्थल र ४४ केन्द्र छन् भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा नौ मतदानस्थल र १७ केन्द्र रहेको छ । भयरहित वातावरणमा सबै मतादाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्लास्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारी गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए  । 
 

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बुधबार, वैशाख २८, २०७९