नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा लालपूर्जा लगे पनि मतदान गर्न पाइने

बुधबार, वैशाख २८, २०७९

काठमाडौं, २८ वैशाख । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदानलाई सरल बनाएको छ ।  आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तथा आयोगबाट जारी भएको मतदाता परिचयपत्र नभए पनि सरकारका विभिन्न निकायबाट जारी भएका सक्कल कागजातका आधारमा मतदान गर्न पाइने व्यवस्था गरेको छ । 
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाउँदा यकिन भए मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बुधबार, वैशाख २८, २०७९