मतदान केन्द्रमा काम सुरु

बिहीबार, वैशाख २९, २०७९

गण्डकी, २९ वैशाख । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनका काम सुरु भएको छ । सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको र निर्वाचन प्रक्रियाका तयारीका काम सुरु भइसकेको प्रदेश निर्वाचन कार्यालय पोखरा सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारीसँगै अधिकांश केन्द्रमा निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सर्वदलीय बैठक सम्पन्न भएको उनले बताए ।
कास्की जिल्लामा पोखरा महानगरपालिकासहित चारवटा गाउँपालिका मादी, अन्नपूर्ण, माछापुच्छ«े र रुपा रहेका छन् । जिल्लामा सुरक्षाकर्मीबाहेक एक हजार ६८० कर्मचारी र एक हजार आठ स्वयंसेवक परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालय पोखरा प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
कास्कीमा १५० मतदानस्थल र ३३६ मतदान केन्द्र रहेको जानकारी दिँदै प्रमुख पराजुलीले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सबै किसिमको तयारी गरिएको बताए ।
निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि मौनअवधि सुरु भएकाले आज दलका प्रचारप्रसार कार्यक्रम नहुँदा सहर र गाउँका बस्ती सुनसानजस्तै बनेका छन् । मौनअवधिमा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउनका लागि अनुगमनलाई प्रभावकारी बनाइएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । निर्वाचनका कारण मतदाता घर फर्कन थालेसँगै सहरी क्षेत्र सुनसान बनेको छ भने गाउँहरू भरिन थालेका छन् ।

मनाङमा मतदाता परिचयपत्र वितरण

हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृतहरू निर्वाचनलाई निष्पक्ष र भयरहित तवरबाट व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराई आवश्यक निर्णयसमेत गरी मतदानको तयारीमा छन् ।
शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा बिहानैदेखि परिचयपत्र वितरण सुरु गरिएको हो । मतदाता परिचयपत्र वितरण गर्न जिल्ला निर्वाचन कार्यालयले विभिन्न निर्वाचन केन्द्रमा निर्वाचन अधिकृतसहितको टोली खटाएको छ ।
मनाङ देशकै सबैभन्दा कम मतदाता सङ्ख्या रहेको जिल्ला हो । चार पालिका रहेको मनाङमा छ हजार ४९६ मतदाता रहेका छन् । तीमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार ५३५ छन् भने सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा ४४८ जना मतदाता रहेका छन् ।
नयाँ मतदाताका लागि निर्वाचन आयोगले आज र भोलि (बिहीबार) मतदाता परिचयपत्र वितरण गर्नेछ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचयपत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकालाई आयोगले दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।–रासस

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बिहीबार, वैशाख २९, २०७९