हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

बिहीबार, वैशाख २९, २०७९

मकवानपुर, २९ वैशाख ।  भोलि हुने स्थानीय तहको निर्वाचनका लागि  हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि ९घ०को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक अधिृकत कृष्णकुमारी खरेल रहेकी छन्  भने वडा नं १२ स्थित महेन्द्र मावि पदमपोखरी (घ) को मतदान केन्द्रमा मतदान अधिकृत शान्तिमाया मोक्तान र सहायक मतदान अधिकृत अनुकुमारी लामा रहेकी छन् । अन्य मतदान अधिकृतहरूमा भने पुरुष नै छन् । यहाँका सबै वडाको मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आइसकेका छन् ।–रासस

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बिहीबार, वैशाख २९, २०७९