नारायणमान बिजुक्छेले गरे मतदान

शुक्रबार, वैशाख ३०, २०७९

भक्तपुर, ३० वैशाख   । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका-५ स्थित श्री विद्यार्थी निकेतन मावि साकोठा भक्तपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानका लागि उनी परिवारसहित गाडीमा आएका थिए । चालकसहित श्रीमती शोभा प्रधान, छोरा डा. सुवेग प्रधान गरी चार जनाको संख्यामा आएका उनीहरू मतदान गरेर ८ बजेर ५० मिनेटमा  फर्किएका थिए ।

भक्तपुर जिल्लाभरिमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शान्तिपूर्ण रुपमा मतदान भइरहेकाे छ । भक्तपुरमा चारवटा नगरपालिका भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक छन् । 

भक्तपुरमा ५७ हजार दुई सय ७०, मध्यपुर थिमिमा ४१ हजार आठ सय ४२, चाँंगुनारायणमा ४३ हजार एक सय पाँच र सूर्यविनायकमा ४७ हजार तीन सय ६७ मतदाता रहेका छन् ।

जिल्लाका चार वटा नगरपालिकाहरूमध्ये सबैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन् । यहाँं कुल ६२ वटा मतदान केन्द्रहरू छन् । सबैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा छन् । त्यहाँं ४६ वटा मतदान केन्द्रहरू छन् । चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरू छन् । Avatar

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शुक्रबार, वैशाख ३०, २०७९