मनाङबाट सुरु भयो मतगणना

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौँ, ३० वैशाख ।  हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए।
जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको उनले बताए। जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन् । कूल चार हजार ६७ मत खसेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  २१:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शुक्रबार, वैशाख ३०, २०७९