ललितपुरमा मतपेटिका संकलनको काम जारी

शुक्रबार, वैशाख ३०, २०७९

 वैशाख, ललितपुर । ललितपुरमा ६ वटै पालिकामा राति ९ बजेसम्म पनि मत पेटिका केन्द्रमा संकलन भइरहेको छ । जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले अझै सबै ठाँउका मत पेटिका संकलन नभएको जानकारी दिएकी छिन् ।

महानगरको मतपेटिका आइपुगे पनि संकलन गर्नेकाम नसकिएको जिल्ला प्रमुख धमलाले जानकारी दिइन् । उनले भनिन्, ‘अझैं ११ र १२ बज्छ होला ।’ उनका अनुसार गोदावरी नगरपालिकाको वडा न. ८ र ९ नम्बरको मतपेटिका आउन बाँकी छ । कोञ्ज्योसोम, वागमती र माहाँकाल गाँउपालिकाको मत पेटिका पनि संकलन भइरहेको  धमलाले बताइन् ।ललितपुरको दक्षिणी भेगका माहाँकाल, वागमती र कोञ्ज्योसोम गाँउपालिका पहाड र अप्ठ्यारो बाटो भएका कारण मतपेटिका ल्याउन समय लाग्छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  २३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शुक्रबार, वैशाख ३०, २०७९