बुटवलमा कांग्रेसको सुरुवाती अग्रता

शनिबार, वैशाख ३१, २०७९

बुटवल, ३१ वैशाख । बुटवल उपमहानगरपालिकामा गएराति १२ बजेदेखि भएको मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मत गणना अनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको हो ।

उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउदा राप्रपाका मृगेन्द्र कुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन । अहिलेसम्म उक्त वडाको २०० मत गणना भएको छ ।

वडा नं १ मा वडा अध्यक्ष पदमा भने पुतली चिन्ह लिएका स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ । पुतलि चिन्हमा ७० मत प्राप्त गरेको छ । वडा अध्यक्ष पदमा एमालेले ५६ मत पाएर दोश्रो हुदा नेपाली कांग्रेसले ३४ मत पाएर तेश्रो स्थानमा छ ।

 २०७४ को स्थानीय निर्वाचनमा उक्त वडामा वडा अध्यक्ष पदमा नेकपा एमालेका महेन्द्र लिगल बिजयी भएपनि  नगरप्रमुख पदमा भने बुटवलका १९ वडा मध्ये सबैभन्दा ठूलो मतान्तरले एमाले पछि परेको थियो ।

रुपन्देहीको देवदह नगरपालिकामा मतगणना सुरु

रुपन्देहीको देवदह नगरपालिकामा रातिदेखि मतगणना सुरु भएको छ । देवदह नगरपालिकाको  वडा नम्बर  १ मा २०० मत गणना हुँदा नेकपा एमालेले मेयरमा ५६ मत ल्याएको छ भने काँग्रेसले ६८ मत ल्याएको छ ।

त्यस्तै, उपमेयरमा एमालेले  ५८ मत ल्याएको छ भने माओवादी केन्द्रले ५० मत ल्याएको छ । वडाअध्यक्षमा काँग्रेसले ७२ मत ल्याएको छ भने एमालेले ४१ मत प्राप्त गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शनिबार, वैशाख ३१, २०७९