मनाङका चार गाउँपालिका मध्ये दुई पालिकाको मत गणना सकियो (अपडेट)

सबै पालिकाको साँझसम्म नतिजा सार्वजनिक हुने
शनिबार, वैशाख ३१, २०७९

मनाङ, ३१ वैशाख । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार  पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।  
सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको  हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन् । उनले १५८ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका थिए । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो ।

त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । उनले ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका थिए । चामेको उपाध्यक्षमा  कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका छन् ।
कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए। उनका अनुसार मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए। मतगणना आज साँझसम्ममा सकिने उनले जानकारी दिए ।  
जिल्लामा ६२.६० प्रतिशत मत खसेको छ । कूल छ हजार ४९६ मतदाता रहेकामा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३.०१ प्रतिशत मत खसेको छ ।
चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमिमा ४४८ मतदाता रहेकामा ३०४ मत अर्थात् ६७.८५ प्रतिशत मत खसेको थियो ।–रासस

 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शनिबार, वैशाख ३१, २०७९