ललितपुरको गोदावरी नगरपालिकामा कांग्रेस उम्मेदवार अगाडि

शनिबार, वैशाख ३१, २०७९

ललितपुर, ३१ वैशाख । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुनाअधिकारीले ६ सय २६ मत प्राप्त गरेकी  छिन् ।

एमालेका उम्मेदवार गम्भीर  रानाले ४ सय ५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छिन् ।एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४ सय ५३ मत पाएका छन् । गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शनिबार, वैशाख ३१, २०७९