सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही, ३१ वैशाखद । सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । बरहथवा नगरपालिका–१७ स्थित आधारभुत विद्यालय परोरिया मतदान स्थलमा रहेको दुई मतदान केन्द्रमा विवादका कारण सबै मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।विवाद भएको बहरथवा नगरपालिका–१७ को दुई वटा मतदान केन्द्रमा गरी १९ सय ५४ जना मतदाता थिए । त्यसमध्ये शुक्रवार भएको मतदानमा जम्मा तीन सय ७२ मत मात्रै खसेको थियो ।
शुक्रवार मतदान सुरु भएको केही घण्टापछि दिउँसो १ बजे राजनैतिक दलका नेताबीच मतदान प्रकृयाको विषयमा भएको विवादले झडपकाे रुप लिएकाे थियो । त्यसपछि अवरुद्ध भएको मतदान समय अवधीभर पनि सुरु हुन नसकेपछि साँझ यसै मतपेटिका मुचुल्का तयार गरेर बन्द गरिएको थियो । जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले विनाकारण विवाद गरेर मतदाताहरूलाई कुटपिट गरी सख्त घाइते बनाएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी, स्वतन्त्र लगायतले निर्वाचन कार्यालयमा निवेदन समेत दिएका थिए ।
उक्त नगरको एक वडाको दुई मतदान केन्द्रमा पुन: मतदान हुने भएपछि नगरको मत गणना स्थगित भएको छ । रद्द भएको मतदान केन्द्रको मतदान भने प्रचलित कानुन अनुसार सर्वदलीय छलफलबाट मिति तोकिने बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।