माडी-१ मा राप्रपा, ९ मा माओवादी केन्द्र र २ मा एमाले विजयी

आइतबार, जेठ १, २०७९

 चितवन, १ जेठ  । नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् ।उनी यसअघि सोहि वडाको वडा सदस्य थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टिकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे । 

सदस्यमा पनि राप्रपाकै उमेदवार विजयी भएका छन् । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जय नारायण लामिछाने निर्वाचित भए । माडी-९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडीले जितेका छन् । दवाडीले १ हजार १८ मत ल्याउँदा उनका निकटम  प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीले ५०८ मत मात्रै प्राप्त गरे । राप्रपाका कुलबहादुर दुराले ४६९ मत ल्याए । यसअघि यस वडामा एमालेका सुवेदीले जितेका थिए । 

वडा सदस्यमा गठबन्धनबाट कांग्रेसकी विना थापा, दलित सदस्यमा माओवादीकी हरिमाया विक र खुला सदस्यमा कांग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान विजयी भए ।इच्छाकामना गाउँपालिका-२ को अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ विजयी भए । उनी ६८३ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।गठबन्धनबाट अध्यक्षका उमेदवार माओवादीका प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् । २०७४ मा पनि चेपाङ र बुढाथोकीबीच नै प्रतिस्पर्धा भएको थियो । Avatar

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार