हेटौँडामा थपिँदै चार मतगणना स्थल 

आइतबार, जेठ १, २०७९

हेटौँडा, १ जेठ । मतगणनामा ढिलाइ हुँदा हेटौँडास्थित सिद्धार्थ माविमा चार वटा मतदान स्थल थप्ने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार मतगणना स्थल थपिने बताएका हुन् ।छिटो मतपरिणाम सार्वजनिक गर्ने उद्देश्यले चार वटा मतगणनास्थल थप्न लागेको उनले बताए । थप चार मतगणना स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने काम भइरहेको उनले बताए ।तयारी सकिएपछि आज रातिदेखि नै मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार