सोसल मिडिया
Contact Us
युनिकोड
महालक्ष्मी, १ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ मा मत गणनामा प्रमुखमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका छन् । उपप्रमुखमा भने नेपाली काँग्रेसका उम्मेदवारले फराकिलो मत अन्तरले अग्रता कायम गरेका छन् । वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कामय गरेका छन् । वडा नं ९ मा २ सय मत गणना गर्दा एमालेका उम्मेदवारले ६५ मत पाएका छन् । नेकपा माओवादीका उम्मेदवारले ४६ मतसहित एमालेलाई पच्छ्इरहेका छन् । महालक्ष्मीमा नेकपा समाजवादी मेयर उम्मेदवारले ११ मत तथा राप्रपाका उम्मेदवारले ३४ मत पाएका छन् । उपप्रमुखतर्फ कांग्रेसका उम्देववार ७६ मत पाउँदा एमालेका उम्मेदवारले ५१ मत पाएका छन् । यस्तै राप्रपाका उपमेयर उम्मेदवारले ३० मत पाएका छन् । वडा अध्यक्षतर्फ काँंग्रेसका जयकृष्ण बोगटीले ९१ मत सहित अग्रहता कायम गरेका छन् । यस्तै एमालेका उम्मेदवार देबेन्द्र पौडेले ४८ मत नेकपा एसका उम्मेदवारले ८ मत तथा राप्रपाका उम्मेदवारले २७ मत पाएका छन् । त्यस्तै महिला सदस्यमा काँग्रेसका उम्मेदवारलाई ८३ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवारलाई ४२ मत प्राप्त हुँदा राप्रपालाइ २७ र नेकपा एसलाई १० मत प्राप्त भएको छ । दलित महिलातर्फ काँग्रेसका उम्मेदवारलाई ८३ मत, एमालेलाई ५१ मत, राप्रपाका उम्मेदवारलाई २४, नेकपा एसलाई ७ मत प्राप्त भएको छ । सदस्यतर्फ काँग्रेसका उम्मेदवारालाई ६०, एमालेलाई ३७, राप्रपालाई २२, नेकपा एसलाई ५ मत परेको छ । यस्तै खुल्ला सदस्यतर्फ काँग्रेसलाई ८२ मत, एमालेलाई ५१ मत, राप्रपा ३१ मत र नेकपा एसलाई २१ मत प्राप्त भएको छ ।