कांग्रेस कर्णाली सभापतिकाे गृहवडामा माओवादी विजयी, बागीभन्दा पनि पछि परे कांग्रेस उम्मेदवार 

सोमबार, जेठ २, २०७९

जुम्ला, २ जेठ   । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृहवडामा माओवादी केन्द्र विजयी भएकाे छ । कांग्रेसकाे गढ मानिँदै आएकाे चन्दननाथ नगरपालिका-५ मा माओवादीका विर्ख कार्की वडाध्यक्ष बनेका हुन् ।याे त्यही वडा हाे, जहाँबाट प्रदेश सभापति शाही, पूर्वप्रदेश जलस्रोतमन्त्री दिनवन्धु श्रेष्ठले मतदान गरेका थिए ।

कार्की १ सय ६८ मतसहित वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका नवराज श्रेष्ठ १ सय ४३ मतसहित तेस्राे भए । बरु टिकट नपाएपछि कांग्रेसबाट बिद्राेह गरेर बागी बनेका पूर्णप्रसाद श्रेष्ठले १ सय ४९ मतसहित दाेस्राे बने ।२०७४ को निर्वाचनमा पनि यहाँ कांग्रेसका उम्मेदवारलाई हराउँदै साेही पार्टीका बागी गोल्डेन कठायत वडाध्यक्ष बनेका थिए ।तर, याे पटक भने माओवादी विजयी भएकाे हाे । 

वडा सदस्यमा माओवादीका लक्ष्मी थापा (श्रेष्ठ) विजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् । हरिबहादुर भण्डारी (स्वतन्त्र), नामग्याल तामाङ (कांग्रेस) सदस्यमा र दलित महिला सदस्यमा काली सुनार (एकीकृत समाजवादी) विजयी भएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार