नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुन्छ : मोदी

सोमबार, जेठ २, २०७९

भैरहवा, २ जेठ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचकाे साझा प्रेम नै यहाँकाे पुँजी भएकाे बताएका छन् । २५६६औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुई देशबीचकाे साझा प्रेम नै मुख्य पुँजी भएकाे बताएका हुन्हो । यो पुँजी जति समृद्ध हुन्छ त्यति भगवान गौतम बुद्धको सन्देश फैलाउन सकिने बताए । 

नेपालीमा शुभकामना दिँदै प्रधानमन्त्री मोदीले पहिला पनि वैशाख पूर्णिमामा निमन्त्रणा पाउँने गरे पनि आज मात्रै आउन सकेको बताए । मायादेवी मन्दिरको दर्शन अविश्मरणीय रहेकाे र यो पवित्र ठाउँ जहाँ भगवान बुद्धले जन्म लिए यहाँको उर्जा र चेतनाको अनुभूति फरक पाएको उनले बताए । 

सन् २०१४ मा बोधी वृक्षकाे बिरुवा पठाएका मोदीले अहिले विकसित भएर वृक्ष बनेको छ । उनले नेपाल रामविना पनि अधुरो हुने बताउँदै भारतमा बन्दै गरेको राम मन्दिरका कारणा नेपाली हर्षित भएकाे विश्वास व्यक्त गरे । 

नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुने बताउँदै उनले नेपाल विश्वकै सबैभन्दा उच्च पर्वत सगरमाथा मात्रैको देश नभई, पवित्र तिर्थ र मन्दिर, प्राचिन सभ्यता, मठमन्दिर सम्हालेर राख्ने देश पनि भएकाे बताए ।

नेपालमा जन्मेकी सीता र भगवान गौतमबुद्ध भारतसँग प्रत्यक्ष सम्बन्ध रहेको बताए । भगवान बुद्ध लुम्बिनीमा सिद्धार्थको रुपमा जन्मेका र बुद्ध जयन्तीको दिन भारतको बोधगयामा ज्ञान प्राप्त गरेकोले नेपाल भारत दुवै ठाउँमा सम्बन्ध बनाएको उनले बताए । नेपाल-भारतकाे सम्बन्ध हिमाल जस्तै अटल र हिमाल जस्तै पुरानाे छ रहेकाे उनकाे भनाइ छ । उनले भने, 'बुद्ध बोध र सोध हो, बुद्ध विचार पनि हो र बुद्ध संसकार पनि हो । बुद्ध विशेष हुनुको कारण उपदेश मात्रै दिनु होइन् उनले मनावताको अनुभूति, चरम सेवा सुविधा त्याग्ने साहस हाे ।' 

प्राप्तिभन्दा पनि धेरै महत्व त्यागको हुने उनकाे भनाइ छ । त्यागबाट नै प्राप्ति पूर्ण हुने भएकोले बुद्ध विचार र सभ्यता बनेकाे हाे । उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भयाे, सेही दिन बोधगयामा ज्ञान प्राप्त भयो र यही दिन कुशीनगरमा महापरिनिर्वाण भयो ।'
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार