सोसल मिडिया
Contact Us
युनिकोड
ओखलढुङ्गा, ३ जेठ । सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत ल्याइन् । यसैगरी उपप्रमुखमा नेकपा (एमाले) का केदारबाबु बस्नेतले पाँच हजार ६९८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का रुपेश शाक्यले पाँच हजार १५२ मत प्राप्त गरे । नगरपालिकामा जन्तरखानीबाहेक सबै तहमा कांग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये कांग्रेसले नौ वडा जितेको छ भने एमालेले दुई र माओवादीले एक वडा जितेको छ । कांग्रेसबाट वडा नं १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कटवाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन् । एमालेबाट वडा नं ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडा नं २ मा माओवादीका वसन्त कटवाल विजयी भएका छन् ।
मोलुङमा एमाले विजयी
मोलुङ गाउँपालिकामा एमालेका उम्मेदवार उत्तम राइले चार हजार ५२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले तीन हजार ४६२ मत पाए । यसैगरी उपाध्यक्षमा एमालेका उर्मिला खतिवडाले चार हजार २०० प्राप्त गरी विजयी भएका छन् । मोलुङका आठवडा मध्ये पाँच वडा एमाले र तीन वडामा कांग्रेसले जितेको छ । एमालेबाट वडा नं १ मा कमल बानियाँ, ३ मा मित्रबहादुर सुनुवार, ६ मा कमल तामाङ, ७ मा हेमबहादुर सुनुवार र ८ मा सुधिर राई विजयी भएका छन् । कांग्रेसबाट वडा नं २ मा टङ्क कार्की, ४ मा भोलाराज राई र ५ मा गोपी कार्की विजयी भएका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसेमा कांग्रेसका बालकृष्ण बस्नेत विजयी
बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे । यसैगी उपप्रमुखमा कांग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गरिन् ।
बलेफिमा माओवादी विजयी
बलेफी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले चार हजार १०५ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी भए । हेलम्बुमा कांग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस अघि छ ।
भोटेकोसीमा कांग्रेस विजयी
भोटेकोसी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गरेका थिए ।
मोरङको मिक्लाजुङमा कांग्रेस विजयी
मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बवीकुमार राईले आठ हजार २५३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का नरेन्द्रप्रसाद ढुङ्गेल चार हजार ९१६ मत प्राप्त गरेका थिए । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का दिनेश पौडेल पाँच हजार ६२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले निर्मल राईले पाँच हजार ४५५ मत प्राप्त गरेका थिए ।
सल्यानको शारदा नगरपालिकामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी
सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरे । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो । नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् । यस्तै कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारीले तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् । दश वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर , वनगाड कुपिण्डे नगरपालिका सहित र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ ।