लमजुङको सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला निर्वाचित

मंगलबार, जेठ ३, २०७९

लमजुङ, ३ जेठ । जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी भएका हुन् ।   उनले ६ हजार ६४१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरेको सुन्दरबजारस्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।  त्यस्तै, नगर उपप्रमुखमा एमालेकी भवानी केसी विजयी भएकी छन् । उनले पाँच हजार १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरे । स्वतन्त्रका  द्वारिकाप्रसाद मिश्रले चार हजार ४७५ मत प्राप्त गरे । नगरपालिकामा कूल मतदाता २० हजार ७९६ रहेको छ जसमा ९ हजार ९२७ पुरुष र १० हजार ८६९ महिला रहेका छन् । नगरपालिकामा ११ वडा छन् । निर्वाचनमा १४ हजार ५२ मत खसेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार