सिन्धुलीको तिनपाटनमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

मंगलबार, जेठ ३, २०७९

सिन्धुली, ३ जेठ । जिल्लाको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुर थापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् । 
मगरले नौ हजार २३९ पाएका छन् भने नेकपा एमालेका उम्मेदवार छत्र दाहालले ८ हजार ४२ मत पाए। उपाध्यक्षमा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार धनबहादुर पुलामी ८ हजार ३९९ मतले विजयी भएका छन् । एमालेका पदममाया तामाङ ७९०८ मतल्याई पराजित भईन् । पदममाया यसअघि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष हुन् । एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका  दाहाल २०७४ सालको निर्वाचनमा १९ मतले पराजित भएका थिए । 
वडा नंम्बर २, ३, ४, ६, ७, ८, ९, १० र ११ मा गठबन्धनबाट  कांग्रेस विजयी र वडा नं १ र ५  एमाले विजयी भएको छ । वडा नं १ बाट एमाले बाट गोविन्द राउत, वडा नं ५ मा भुपाल तामाङ विजयी भएका हुन् । अन्य वडामा गठबन्धनबाट कांग्रेसबाट वडा नं २ मा मुकुन्द पौडेल वडा नं ३ मा लालबहादुर स्याङतान, ४ मा खड्गबहादुर भुजेल, वडा नं ६ मा वीरबहादुर पुलामी, वडा नं ७ मा युवराज पहाडी, ८ मा कृष्णप्रसाद गौतम वडा नं ९ मा मोहन गौतम, १० मा पुण्यहरि भुजेल र वडा नं ११ मा तिलकबहादुर बस्नेत विजयी भएका हुन् । 
विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा उपाध्यक्षसहित बहुमत वडा जितेको एमालेले २०७९ मा दुई वडामा मात्र सीमित भएको छ ।–

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार