ललितपुरमा फराकिलो मतान्तरसहित चिरीबाबुको अग्रता

मंगलबार, जेठ ३, २०७९

ललितपुर, ३ जेठ । ललितपुर महानगरपालिकामा १६,५२० मत गणना हुँदा नेपाली काँग्रेसका मेयर उम्मेदवार  चिरिबाबु महर्जनले ९२१६ मत सहित फराकिलो अग्रता कायम गरेका छन् । चिरीबाबुलाई नेकपा एमालेका मेयर उम्मेदवार  
हरिकृष्ण व्यञ्जनकारले ४०२९ मत सहित पछ्याएका छन् । हरिकृष्ण भन्दा चिरीबाबु ५१८७ मतले अगाडि छन् । उपमेयरमा नेकपा एमालेकी मञ्जलि शाक्यले ४४९७ मत पाउँदा गठबन्धनका उपमेयर बाबुराज बज्राचार्यले ३०८१ मतसहित पच्छ्याएका छन् । यसैगरी वडा नं. १ निर्मल तण्डुकार स्वतन्त्र ६६१ मतसहित विजयी भएका छन् । वडा नंमा  नेकपा समाजवादीका राजेश महर्जन १८३० मत तथा वडा नं. ३ मा पनि नेकपा एसकका श्रीगोपाल महर्जन १४९६ मतसहित विजयी भएका छन् । वडा नं ४ मा नेपाली काँंग्रेसका सन्तोष खड्का १४८० विजयी भएका छन् ।   वडा नं ५ मा नेकपा एमालेका बिकासमान श्रेष्ठ १०७९ मत ल्याएर विजयी भएका छन् ।  वडा नं ६ मा नेपाली काँग्रेसका रुपेन्द्र शाक्य ७५३ मत पाएका छन् भने नेकपा एमालेका एस कुमार ३३४ मत पाएका छन् ।  वडा नं. ७  नेपाली कांग्रेसका कुल बहादुर महर्जन ७२६ मत तथा नेकपा एमालेका सुरेन्द्रले १७२ मत पाएका छन् । वडा नं एमालेका बाबुरत्नले ३९४ मत तथा नेकपा एसका राजमान २२७ मत पाएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार