जुम्लाको तातोपानी अध्यक्षमा कांग्रेसका चौलागाईं विजयी

मंगलबार, जेठ ३, २०७९

जुम्ला, ३ जेठ । जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजय भएका छन् । उनी नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई भारी मतान्तरले हराउँदै विजय भएका हुन् ।
उनले २ हजार ३ सय २० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका हुन् ।  

नेकपा एमालेका सुरतबहादुर शाहीले एक हजार ५ सय ३८ मत प्राप्त गरेका छन् ।  उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजय भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् ।

उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन् । तातोपानीमा स्थानीय तह २०७४ मा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेकी थिइन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  २१:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार