ललितपुर महानगरपालिकामा चिरिबाबुको फराकिलो अग्रता कायमै

बुधबार, जेठ ४, २०७९

ललितपुर, ४ जेठ । ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायमै राखेका छन् । २१ हजार ४२७ मत गणना गर्दा चिरीबाबुले ११ हजार ९२० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले ५ हजार ५७० मत ल्याएका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी  मन्जली शाक्यले ५ हजार ९८३ र माओवादीका बाबुराज बज्राचार्यले ४ हजार ५६६ ल्याएका छन् ।

ललितपुर माहानगरपालिकाको वडा ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १ हजार ३१८ मतसहित विजयी भएका छन् । त्यस्तै, वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुल बाहादुर महर्जन  विजयी भएका छन् । उनले २ हजार १७० मत ल्याएका छन् ।
 

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार