दक्षिण ललितपुरको वागमतीमा गठबन्धनका वीरबहादुर लोप्चन विजयी

बुधबार, जेठ ४, २०७९

ललितपुर, ४ जेठ । दक्षिण ललितपुरको वागमती गाउँ पालिकामा गठबन्धनका उम्मेदवार वीर बहादुर लोप्चन विजयी भएका छन् । निर्वाचन अधिकृत नागेन्द्र किशोर पोखरेलका अनुसार नेपाली कांग्रेसका नेतासमेत रहेका लोप्चनले ४ हजार ९ सय ९ मतका साथ विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले २ हजार ४३ मत ल्याए । उपाध्यक्षतर्फ गठबन्धनकै नेता भक्तबहादुर दर्लामी मगर ‘निसान’ विजयी भए । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मगरले  ४ हजार ६ सय ९२ ल्याउदा  उनका निकटतम  प्रतिश्पर्धी नमूना दोङले ३ हजार ७ सय मत ल्याइन् ।

वागतीमा राप्रपाबाट अध्यक्षमा उम्मेदवारी दिएका सानु महर्जनले १९ मत ल्याए  भने उपाध्यक्षका उम्मेदवार अम्बिका न्योपाने घिमिरेले ३७ मत ल्याइन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार