सोसल मिडिया
Contact Us
युनिकोड
बलेवा, ४ जेठ । बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भएका छन् । पुनले आठ हजार ७५५ तथा यहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलाबहादुर रानाले दुई हजार ८७३ मत पाएका छन् । उपप्रमुखमा शर्माले नौ हजार १७३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी उशा पौडेलले दुई हजार ६३६ मत प्राप्त गरेका छन् । जैमिनीको १० वडामध्ये वडा नं १, २, ५, ७ र ८ मा कांग्रेस, वडा नंं ४ मा नेकपा एकीकृत समाजवादी , वडा नंं ६ मा नेकपा ९माओवादी केन्द्र वडा नंं ९ एमाले तथा वडा नंं ३ र १० मा राजमो विजयी भएको छ ।