भेरीगंगामा एमाले विजयी

बिहीबार, जेठ ५, २०७९

सुर्खेत, ५ जेठ सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनलाई हराउँदै नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल विजयी भएका हुन् । 

ढकालले १० हजार १२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद सिंहले ९ हजार ७९७ मत ल्याएर परजित भएका छन् ।उपप्रमुखमा एमालेका धनसरा बोहोरा विजयी भएकी छन् । बोहोराले ९ नाै हजार ६१४ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्दका नन्दबहादुर कार्की ८ हजार ९१३ मत ल्याएर पराजित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार